अमेरिकी सुपरस्टार पौडी खेलाडी काइटी लेडेकीले पेरिस ओलम्पिक २०२४ अन्तर्गत ८०० मिटर फ्रिस्टाइलको स्वर्ण जित्दै महिला ओलम्पियनको सर्वाधिक स्वर्ण पदकको कीर्तिमान बराबर गरेकी छिन्।
उनले ६० वर्षअघिको कीर्तिमान बराबरी गरेकी हुन्। यसअघि सोभियन युनियनकी जिम्न्यास्टिक खेलाडी लारिसा लाटिनिनाले नौं स्वर्ण जितेर इतिहास बनाएकी थिइन्। उनले १९५६ को ओलम्पिकमा चार स्वर्ण, १९६० को ओलम्पिकमा तीन र १९६४ को ओलम्पिकमा दुई स्वर्ण जितेकी थिइन्।
यस्तै स्वर्ण जितेर ६० वर्ष पुरानो रेकर्ड बराबरी गरेसँगै उनी चार वटा ओलम्पिकको संस्करणमा स्वर्ण जित्ने एकमात्र महिला बनिन् भने माइकल फेल्प्सपछिकी दोस्रो पौडी खेलाडी बनिन्।
उनको कुल ओलम्पिक मेडल १४ पुगेको छ। फेल्प्सको नाममा २३ स्वर्णसहित २८ पदक छ।
यसअघि उनले सन् २०१२ को लन्डन ओलम्पिकमा आठ समय मिटरमा स्वर्ण जितेकी थिइन्। यस्तै २०१६ को रियो ओलम्पिकमा उनले चार स्वर्ण र एक रजत हात पारेकी थिइन्।
२०२० को टोकियो ओलम्पिमा उनले दुई स्वर्ण र दुई रजत हात पारेकी थिइन्। जारी पेरिस ओलम्पिकमा उनले आठ सय र १५ मिटर फ्रिस्टायलमा स्वर्ण जित्दा थप एक रजत र कास्य हात पारेकी छिन्।