फ्रान्सका लियोन मार्चान्डले पेरिस ओलम्पिकअन्तर्गत पौडीको ४०० मिटर व्यक्तिगत मिडलेमा स्वर्ण जितेका छन्।
स्वर्णसहित ओलम्पिकमा नयाँ कीर्तिमान बनाएसँगै घरेलु दर्शकले ठूलो खुसी मनाएका थिए।
पौडीका कीर्तिमानी अमेरिकी खेलाडी माइकल फेल्प्सले सन् २००८ मा बेइजिङ ओलम्पिकमा बनाएको कीर्तिमान भंग गर्ने क्रममा उनले ४ मिनेट ०२.९५ सेकेन्डमा पौडिए। मार्चान्डले कीर्तिमान स्वर्ण जित्दा फेल्प्स पनि दर्शकदीर्घामा थिए।
उनले जापानका टोमोयुकी मात्सुशितालाई ५.६७ सेकेन्डको अन्तरले पराजित गरे। अमेरिकाकै फोस्चरले कास्य जिते।
२२ वर्षीय मार्चान्ड फ्रान्सले पेरिस ओलम्पिकमा पदक आसा गरेका मुख्य खेलाडी हुन्। जसका कारण उनको खेल हुँदा घरेलु दर्शकको बाक्लो उपस्थिति थियो।
मार्चान्डलाई अमेरिकामा फेल्प्सका पूर्वप्रशिक्षक बब बोम्यानले प्रशिक्षण दिएका थिए।
उनले गत ओलम्पिकअघि ५९ वर्षीय अमेरिकी प्रशिक्षकलाई सहयोगको लागि पत्र पठाएका थिए।
उनले अब २०० मिटर मिडले, २०० मिटर बटरफ्लाई र २०० मिटर ब्रेस्टस्ट्रोकमा पनि प्रतिस्पर्धा गर्नेछन्।