फ्रान्सको पेरिसमा हुने पेरिस २०२४ पारालम्पिक खेलमा सहभागी हुनुअघि नेपाली तेक्वान्दो खेलाडीले इंग्ल्यान्डको म्यानचेस्टरमा तयारी गर्ने भएका छन्।
नेपाली खेलाडी म्यानचेस्टरको ग्रेट ब्रिटेन तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमा जुलाई २५ देखि अगस्ट २३ सम्म ‘पारालम्पिक प्रिपेरेसन क्याम्प’ मा सहभागी हुनेछन्।
त्यसका लागि नेपाली टोली आज इंग्ल्यान्डतर्फ प्रस्थान गरेको छ।
नेपालका भरतसिंह महरा र पलेशा गोवर्धनले पारालम्पिकमा भाग लिनेछन्। प्रशिक्षकमा कविराज नेगी लामा छन्।
म्यानचेस्टरमा तयारीपछि महतले आगामी २९ अगस्टमा के–४४ पुरुष ५८ केजी तौल समूहमा र गोवर्धनले ३० अगस्टमा के–४ महिला ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्।