गैरआवासीय नेपाल संघ (एनआरएनए) पोर्चुगलले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का र खेलाडी श्रीकृष्ण खड्कालाई सम्मान गरेको छ।
तेक्वान्दोको माध्यमबाट योगदान गरेको भन्दै उनीहरूलाई एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्कासहितका पदाधिकारीले सम्मान गरेका हुन्।
अन्तर्राष्ट्रिय निर्णायक अशोकले पछिल्लो पटक युरोपमा दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए।
अशोकले अस्ट्रेलियाको भियनामा भएको विश्व वरीयता जी वान अस्ट्रियन ओपन पुम्से र जर्मनीमा भएको डिटियू बोडेन्स कपमा निर्णायकको भूमिका निर्वाह गरेका थिए।
खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक हुन्।
खड्काद्वय पोर्चुगल पुगेको अवसर पारेर एनआरएनएले सम्मान गरेको जनाएको छ।
सम्मान कार्यक्रममा अध्यक्ष खड्कासहित प्रवासी नेपाल मञ्च पोर्चुगलका अध्यक्ष दीपक खत्री, एनआरएनए उपाध्यक्ष पासाङ शेर्पा, कार्यसमिति सदस्य पेम्बा शेर्पा, प्रवासी मञ्चका सहसचिव तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु सुनीलसिंह ठकुरी, विष्णु घर्ती मगर र सूर्य खड्का सम्मानमा उपस्थित थिए।