अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले विश्व तेक्वान्दो मुख्यालय (कोकिवन)बाट तेक्वान्दोको सेकेन्ड क्लास मास्टर्स डिग्री हासिल गरेका छन्।
गत वैशामा मात्र उनले छैटौँ डान डिग्री प्राप्त गरेका थिए। सेकेन्ड क्लास मास्टर्सको डिग्री हासिल गर्ने क्रममा क्षेत्री १५० जना प्रशिक्षार्थीभध्ये उत्कृष्ट बने।
अब उनी अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न पनि योग्य भएका छन्।
तेक्वान्दोमा पुर्याएको योगदानको कदरस्वरुप क्षेत्री राष्ट्रपतिबाट जनसेवा पञ्चम श्रेणीले विभूषित समेत भइसकेका छन्।
यसैगरी, कोरियाली सरकारले उनलाई सन् २०१८ मा मानार्थ नागरिक पदवी पनि प्रदान गरेको थियो।
लामो समयदेखि तेक्वान्दोमा समर्पित क्षेत्रीले खलाडीका रुपमा विश्व वरीयताको जि टु प्रतियोगिता कोरिया ओपन २००८ मा रजत पदक पनि जितेका थिए।