नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको बागमती प्रदेश अधिवेशन सम्पन्न भएको छ ।
सोमबार ललितपुरको पाटन संयुक्त क्याम्पसमा सम्पन्न प्रथम अधिवेशनले प्रकाश श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको हो
समितिको वरिष्ठ उपाध्यक्षमा समन घिमिरे, उपाध्यक्षमा सुमन कट्टेल र सन्तोष सापकोटा, महासचिवमा साजन देउजा, सचिवमा बिमल कार्की, सहसचिवमा माइकल प्रजा र कोषाध्यक्षमा अनिशन बानियाँ चयन भएका छन्।
सदस्यहरूमा राम दाहाल ,सफल तामाङ ,शंकर तिवारी,आरती लामा,बिपिन कुइँकेल,रमेश कुमार कार्की, विनोद महर्जन , रिमा रसाइली, विभुषा बजगाईँ र सन्जिव भट्टराई चयन भएका छन्।
अधिवेशनमा प्रदेश खेलकुद बिकास परिषद , संघका केन्द्रिय अध्यक्ष अच्युत खनाल, सचीव दिनेश बजगाई लगायतको उपस्थित थिए।
अधिवेशनलाई सम्बोधन गर्दै उनीहरूले प्रदेशसँग विस्तारै जिल्ला तहमा पनि यसको विस्तार गरिने।
केन्द्रीय सचिव बजगाइँका अनुसार समिति निर्माण प्रादेशिक संरचनामा गैसकिसकेको र अब प्रत्येक जिल्लामा यसको विस्तारसहित खेल मैदान निर्माणमा जुट्ने छन्।
नेपालमा यो खेल नयाँ भएका कारण केही चुनौती भएपनि यसको आकर्षण र फाइदा भने निकै रहेकोले यसको सम्भाब्यता र बिकासमा लाग्नुपर्ने कुरामा पनि वक्ताहरुको बिशेष जोड रहेको थियो।
संघको अहिलेसम्म ५ वटा प्रदेश र ४४ वटा जिल्लामा समिति गठन भइसकेको लुम्बिनी प्रदेश लुम्बिनी प्रदेश समितिको वरिष्ठ उपाध्यक्ष सुबास पोखरेलले जानकारी दिए।