२०२४ का लागि छनोट भएका टेबलटेनिस खेलाडी श्यान्टु श्रेष्ठलाई शनिबार १ लाख नगदसहित पुरस्कृत गरेका छन् ।
खुशिबुँस्थित स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीमा आयोजित कार्यक्रममा खगड्गीले श्यान्टुलाई पूर्व घोषित रकम बराबरको चेक हस्तान्तरण गरे ।
गत बैशाख ३१ देखि जेठ २ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा पेरिस ओलम्पिकका लागि भएको दक्षिण एसियाली टेबलटेनिस छनोट प्रतियोगिताको पुरुषमा पहिलो हुँदै श्यान्टु छनोट भएका थिए ।
इतिहास रच्ने क्रममा श्यान्टुले नेपालकै संयोग कपालीलाई फाइनलमा ४–३ ले पराजित गरेका थिए । महिलामा भने नेपाली खेलाडी छनोट हुन सफल भएनन् । खड्गीले नेपाल पुरुष÷महिला दुवैमा छनोट हुन सके समान १–१ लाख नगद पुरस्कार प्रोत्साहन स्वरुप प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए । ५ राष्ट्रको सहभागिता रहेको उक्त प्रतियोगिताबाट समान १–१ पुरुष÷महिला खेलाडी छनोट हुने प्रावधान थियो।
टेबलटेनिसमा छनोट चरण पार गरेर ओलम्पिक खेल्ने श्यान्टु पहिलो नेपाली टेबलटेनिस खेलाडी हुन् । समग्रमा भने श्यान्टु तेश्रो नेपाली खेलाडी हुन् । यसअघि तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टले छनोट चरण पार गर्दै ओलम्पिक खेलेका थिए ।
नेपाली टेबलटेनिसकै इतिहासमा श्यान्टुअघि कुनैपनि नेपाली खेलाडीले ओलम्पिक खेलेका छैनन् ।
श्यान्टु विशेष प्रशिक्षणका लागि आइतबार अस्ट्रेलिया प्रस्थान गर्ने बताइएको छ । उनी विगत २ वर्षदेखि अस्ट्रेलिया बस्दै आएका छन् । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राज वैद्यलगायतको उपस्थिति रहेको थियो ।