नेपाल सोतोकान कराते संघले जेठ १० देखि १३ गतेसम्म १५औं एनएसकेए इन्टररेसनल कराते च्याम्पियनसिप तथा बागमती प्रदेश ओपन कराते च्याम्पियनसिप आयोजना गर्ने भएको छ।
कुल आठ सय खेलाडीको सहभागिता रहने च्याम्पियनसिपमा नेपाल लगायत ६ राष्ट्रको सहभागिता रहनेछ। प्रतियोगितामा नेपाल तथा विदेशी महिला तथा पुरुष गरी आठ सय जनाले प्रतिस्पर्धा गर्नेछन्।
कुल ३२ लाख अनुमानित बजेट रहेको यस प्रतियोगिताको लागि भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटानको सहभागिता निश्चित भइसकेको छ।
प्रतियोगितामा उमेर समूहमा ११ स्पर्धामा खेल संचालन हुनेछ भने तौल समुहमा २९ स्पर्धामा गरी जम्मा ४० स्वर्ण, ४० रजत तथा ८४ कास्य पदकको लागि खेल संचालन हुनेछ।
अहिलेसम्मको १४ संस्करणमै आयोजक नेपाल टिम च्याम्पियन बन्न सफल भएको थियो।
यसपल्ट पनि नेपाल टिम च्याम्पियन बन्नेमा पनि पूर्ण आशावादी रहेको आयोजकको भनाइ छ।