जिल्लाको व्यास नगरपालिका–३ बिपी वनबाटिका खेलमैदानमा ‘इलेभेन ए साइड’ खेलमैदानमा दुई सय ५० जना दर्शक बस्नसक्ने प्यारापिट निर्माण भएको छ।
व्यास नगरपालिकाको ३० लाख आर्थिक सहयोगमा एक हजार १२७ वर्गफिट क्षेत्रफलमा निर्माणधीन प्यारापिटको ७५ प्रतिशत काम पूरा भएको छ। प्यारापिटले दर्शकलाई घामपानीबाट बचाउँछ।
उक्त खेल मैदानलाई फुटबल, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, बास्केटबल लगायत खेल प्रतियोगिता सञ्चालन गर्ने लक्ष्य रहेको बिपी वनबाटिक खेलमैदान निर्माण समितिका अध्यक्ष भुवन गोशलीले बताए।
यसअघि भिमाद नगरपालिका–६ क्याम्पस रोडस्थित रङ्गशालामा प्यारापिट निर्माण भएको थियो।
तीन हजार दर्शक क्षमताको उक्त प्यारापिट कूल ५२ लाख ८४ हजार २ सय लागतमा निर्माण भएको हो।
प्यारापिट बनाउन भिमाद नगरपालिकाको ४६ लाख ८० हजार र स्थानीयले ६ लाख चार हजार २ सय सहयोग गरेका थिए।