विभागीय टोली आर्मी क्लबले छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ ।
मंगलबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई ४-१ गोल अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो ।
धुलिखेल खेल मैदानमा आर्मीलाई जित दिलाउन सरस्वती तामाङले दुई गोल गरिन । सिमा खड्का र कमला चन्दले एक एक गोल गरिन ।
उता गण्डकीका लागि सीता माया बलले एक गोल फर्काइन।
आर्मीका लागि खेलको चौथो मिनेटमा सरस्वतीले गोल गर्दै टिमलाई अग्रता दिलाइन।उता गण्डकीका लागि खेलको १६औं मिनेटमा सीताले गोल गर्दै टिमलाई बराबरीमा ल्याइन।
खेलको १८औं मिनेटमा सरस्वतीले गोल गर्दै आर्मीलाई २-१ गोलको अग्रता दिलाइन ।
खेलको २४औं मिनेटमा कमलाले गोल गर्दै टिमलाई ३-१ गोलको अग्रता दिलाइन । खेलको ५७औं मिनेटमा सिमाले गोल गर्दै आर्मीलाई उपाधि दिलाउन सफल भइन ।
फाइनल खेलको प्लेअर अफ द म्याच कमला चन्द चुनिन।
उपाधिसँगै आर्मीले एक लाख रुपैयाँ प्रप्त गरेको छ । दोस्रो हुने गण्डकीले ७५ हजार प्राप्त गरेको छ ।
आज तेस्रो स्थानका लागि भएको खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई १-० गोल अन्तरले हराउँदै तेस्रो स्थान हासिल गर्यो ।
सुदूरपश्चिम प्रदेशका लागि खेलको २७औं मिनेटमा बबिता उराउले गोल गर्दै टिमलाई जित दिलाउन सफल भइन ।
त्यस्तै प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुले जनही १० हजार पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा सर्वाधिक १० गोल गरेकी आर्मीकि सरस्वती बेस्ट स्कोरर हुन सफल भइन ।
प्रतियोगिताका इमर्जिङ प्लेअर सुदूरपश्चिम प्रदेशकि नमिता एसके चुनिइन । बेस्ट गोलकिपरमा गण्डकीकि गोमा परियार, बेस्ट डिफेन्डरमा आर्मीकि सरिता मेचे र आर्मीकै निलिमा पान्डे प्लेअर अफ द टुर्नामेन्ट चुनिन ।
प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहेको थियो।