नेपाल हक्की संघले आफ्नो वार्षिक क्यालेन्डरअनुसार साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता आयोजना गर्ने भएको छ।
प्रतियोगिता वैशाख १५ देखि १९ गतेसम्म काभ्रेको धुलिखेल नगरपालिकास्थित धुलिखेल खेलकुद मैदानमा हुनेछ।
प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहनेछ।
सहभागी टिमलाई दुवै समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ। समूहको शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन्।
प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ। उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, सर्वाधिक स्कोरकर्ता र उदीयमान खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत आयोजकको भनाइ छ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख खर्च हुने संघको अनुमान छ। प्रतियोगिता आयोजना गर्न राष्ट्रिय खेलकुद परिषद्, धुलिखेल नगरपालिका र विभिन्न संघ संस्थाले सहयोग छ।
अन्तर्राष्ट्रिय स्तरको हक्की रंगशाला बनाइने
धुलिखेल नगरपालिकाले नेपाल हक्की सघंलाई अन्तर्राष्ट्रिय स्तरको हक्की रंगशाला तथा प्रशिक्षण केन्द्र निर्माणका लागि धुलिखेल नगरपालिकाको वडा नं १२ मा रहेको खेल मैदान उपलब्ध गराएको छ।
साथै प्रदेश खेलकुद बिकास परिषद बागमती प्रदेशले बिस्तृत परियोजना प्रतिबेदनतयार गरिरहेको र अन्तिम चरणमा पुगेको हक्की संघको भनाइ छ।
साथै आगामी वैशाख १५ गते देखि १९ गतेसम्म एशियन हक्की महासघंको सहयोगमा एएचएफ अफिसियल टेक्निकल कोर्ष पनि धुलिखेलमा सञ्चालन हुने भएको छ।