अन्तर्राष्ट्रिय बक्सिङ महासंघको आयोजनामा उज्वेकिस्तानमा भइरहेको आइबिए मेन्स विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाली मुक्केबाज भुपेन्द्र थापा पराजित भएका छन्।
उनी जर्मनीका गोक्दमन देवरिमसँग ४-१ अंकको आधारमा पराजित भएका छन्।
नेपाली मुक्केबाज थापाले ६०-६३.५ किलो तौल समूहमा राउण्ड-६४ अन्तर्गत सेसन २ 'ए' को पाँचौ नम्बर बाउट ४६ प्रतिस्पर्धा गरेका थिए।
थापा १३ औं सागका स्वर्ण पदक विजेता खेलाडी हुन् ।
४८ केजी तौल समूहमा नेपालका अर्का बक्सर रविन थापाले उज्वेकिस्तानका बक्सरसँग मे ४ मा प्रतिस्पर्धा गर्नेछन्।