मकाउ बडिबिल्डिङ एन्ड स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा नेपालका महेश श्रेष्ठले स्वर्ण जितेका छन्। उनले पुरुष ७० केजीको बडिबिल्डिङमा स्वर्ण जितेका हुन्।
चीनका साम चुइले रजत तथा नेपालका प्रवेश अधिकारीले कांस्य जिते । नेपालकै सफल गुरुङ चौथो भए। उक्त स्पर्धामा १४ खेलाडी सहभागी थिए।
बडिबिल्डिङकै पुरुष ६० केजीमा नेपालका बलु खड्काले कांस्य जिते। उनको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो।
१३ प्रतिस्पर्धी सहभागी स्पर्धामा हङकङका लाइ चि मेङ पहिलो र फिलिपिन्सका मानुएल पेड्रो दोश्रो भए। प्रतियोगितामा १ सय २ खेलाडीले सहभागिता जनाएको बताइएको छ।