सुदीप थारु, स्वागता खैजु, युवराज विक र सुमुया देवान युथ एथलेटिक्स च्याम्पियनसिपको आ–आफ्नो उमेरसमूहमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
यू–१६ को ब्वाइजमा सुदीप र गर्ल्समा सुष्मा तथा यू–२० को ब्वाइजमा युवराज र गर्ल्समा सुमुया सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्। सुमुया बंगलादेशकी हुने भने बाँकी सबै नेपाली खेलाडी हुन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यु–२० उमेरसमूहअन्तर्गत १ सय मिटर दौडको ब्वाइजमा जाजरकोटका युवराज विक (११.०० सेकेन्ड) र गर्ल्स बंगलादेशकी सुमुया देवान (११.८५ सेकेन्ड), ४ मिटर दौडको ब्वाइजमा बंगलादेशका जेल्डासर्जिल रसिम खान (५१.६ सेकेन्ड) र गल्र्समा बंगलादेशकी रुना नस्रत जाहान (१ मिनेट ४ सेकेन्ड), ८ सय मिटर दौडको ब्वाइजमा कञ्चनपुरका सन्जिव नेपाली (२० मिनेट ०३.९ सेकेन्ड) र गल्र्समा जुम्लाकी राममाया बुढा (२ मिनेट २६.३६ सेकेन्ड) पहिलो भए।
एथलेटिक्स परिवार, नेपालद्वारा आयोजित प्रतियोगिताको यू–२० हाइजम्पको ब्वाइजमा मोरङका सागर यादव (१.६६ मिटर) र गल्र्समा विजेश्वरीकी मेलिना श्रेष्ठ, सटपुटको ब्वाइजमा चितवनका ललित राउन (१०.७० मिटर) र गर्ल्समा दाङकी सुशीला चौधरी (९.६२ मिटर) ले स्वर्ण जिते।
यु–१६ १ सय मिटर दौडको ब्वाइजमा वीरगन्जका आदेशकुमार यादव (११.२४ सेकेन्ड) र गल्र्समा भक्तपुरकी स्वागता खैजु तथा ८ मिटर दौडको ब्वाइजमा बाग्लुङका बादल कार्की (२ मिनेट ०७.८४ सेकेन्ड) र गर्ल्समा कालिकोटकी भावनाले शीर्ष स्थान हात पारे।