सिन्धुपाल्चोकको बाह्रबिसेमा भएको बाह्रबिसेकप ब्याडमिन्टन २०७८ खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको उपाधि सेनाका रत्नजित तामाङ्गले जितेका छन्।
सेनाको बर्चस्व रहेको प्रतियोगितामा रत्नले सेनाकै नविन श्रेष्ठ माथि २१–१८, २१–१९ को जित निकाल्दै उपाधी उचालेका हुन।
रत्नले उपाधीका साथै नगद १ लाख २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । दोश्रो भएका नविनले नगद ६५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे।
मंसिर १५ देखि सुरु भएको प्रतियोगिताको महिला एकल तर्फ सेनाकी रशिला महर्जनले सेनाकै अमिता गिरीमाथि को जित निकाल्दै उपाधी कब्जा गरिन्।
उनले उपाधी हात पार्ने क्रममा गिरीमाथि २१–१६, २१–१६ को समान अन्तरले पराजित गरिन्। रशिलाले नगद ५० हजार सहित मेडल र प्रमाण पत्र तथा गिरीले २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे।
उच्च २० बरियतादेखि बाहेकका पुरुष युगल तर्फको खेलमा कास्कीका बिधान अधिकारी र बिशाल खड्काले उपाधी जिते।
अधिकारी र खड्काको जोडीले सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१६, २१–१७ ले पराजित गर्दै उपाधी उचालेका हुन्। पुरुष युगल तर्फ बिजयी र उपबिजयी खेलाडीहरुले नगद १ लाख र ५० हजारका साथै मेडल र प्रमाण पत्र प्राप्त गरे।
भेट्रान्स ४५ बर्ष माथिको प्रतिस्पर्धामा पर्फेक्ट फिटनेश क्लबका संजय कपाली र श्याम लामाको जोडीले तनहुका मान बहादुर राना मगर र देव बहादुर थापाको जोडीलाई २१–१८, २१–११ ले पराजित गरे । बिजेता तथा उपबिजेताले गिफ्ट ह्याम्परका साथै मेडल र प्रमाण पत्र प्राप्त गरे।
जिल्लास्तरिय पुरुष युगल तर्फको प्रतिस्पर्धामा बाह्रबिसेका अभिषेक गुरुङ्ग र रमेश शेर्पाको जोडीले बाजी मारे। उक्त जोडीले चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई २१–१२, १८–२१, २१–१६ ले पराजित गरेका हुन्। पहिलो र दोश्रो हुने दुवैले गिफ्ट ह्याम्पर मेडल र प्रमाण पत्र प्राप्त गरे।