युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपालगन्ज म्याराथनको उद्घाटन गरेका छन्।
मन्त्री गहतराजले नेपालगन्ज म्याराथनको सातौं संस्करणको उद्घाटन गरेका हुन्।
मन्त्री गहतराजले झण्डा हल्लाए र नेपाली चलचित्र क्षेत्रका अभिनेता राजेश हमालले सिठी फुकेर म्याराथनको उद्घाटन गरेका हुन्।
त्यसक्रममा मन्त्री गहतराजले कोरोनालाई परास्त गर्दै खेल गतिविधिलाई फेरि चलायमान गराउनुपर्ने समय आएको बताए।
'राष्ट्रका लागि खेल र स्वास्थ्यका लागि खेल' भन्ने मान्यतालाई आत्मसाथ गर्दै खेल क्षेत्रको विकासका लागि मन्त्रालयले नयाँ योजना तथा नीति तय गरेको उनले जानकारी दिए।
त्यस्तै, अभिनेता राजेश हमालले नेपालगन्ज खेलकुदको सहर भएको र अब झनै त्यसलाई ब्यापक बनाउनु पर्ने जोड दिए।
विगतमा विभिन्न प्रयोजनमा नेपालगन्ज पुगे पनि यस पटक विशेष समारोहमा सहभागी हुन पाउँदा खुसी लागेको हमालले बताए।
नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरमै स्थापित गराउनु पर्ने हमालले बताए।