बागमती प्रदेश तेक्वान्दो संघको अध्यक्षमा केशव पुरी चयन भएका छन।
धुलिखेलमा भएको संघको प्रथम अधिवेशनले पुरीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो।
संघको उपाध्यक्षमा प्रकाश खड्गी, सुमन विक्रम पाण्डे चयन भएका छन।
महासचिवमा हरिहर ढुंगाना, सचिवमा उमेश नर्कमी, कोषाध्यक्षमा किरण थापा मगर चयन भएका छन। संघको सदस्यहरुमा फिरोज श्रेष्ठ,कविराज माली, भाष्कर श्रेष्ठ, केशव थापा,दिनेशकुमार बाँडा, राजेन्द्र खड्गी, रामचन्द्र ब्यन्जनकार, नरेन्द्र थापा, रामकृष्ण श्रेष्ठ र वीरमान स्याङ्गतान चयन भएको निर्वाचन समितिले जनाएको छ।
अध्यक्षमा चयन भएका पुरीले २१ बुदेँ कार्य सूची सार्वजनिक गरेका छन।
जसमा प्रदेश भित्र रहेका १३ वटा जिल्लामा जिल्ला स्तरिय तेक्वान्दो कार्यालय र तालिमका लागि हल बनाउने,खेलाडीहरुलाई प्रदेश भित्रबाटै छनौट गरी उनीहरुलाई पठनपाठन, बसोबास र तालिम दिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तयार गर्ने लगायतका बुदाँ छन।