१९औं एसियन गेम्स अर्को वर्ष चीनको हान्जाउमा हुँदैछ। सहभागिता जनाउने देशले एसियन गेम्सका लागि तयारी थालिसकेका छन्। तर नेपालमा भने अझै हुन सकेको छैन।
अभ्यास थालनीको वातावरण मिलाई दिन भन्दै आज विभिन्न संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजलाई नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको स्वागत कार्यक्रममा आग्रह गरेका छन्।
कोरोना महामारीले थिलिएको मध्येको खेलकुद क्षेत्र अझै स्वभाविक तरिकाले अगाडि बढ्न सकेको छैन। जसले गर्दा तय भएका विभिन्न खेल तालिका पनि प्रभावित भए।
विश्व महाकुम्भ मेला ओलम्पिकलाई पनि केरोनाले प्रभावित गर्दा एक वर्ष धेकिलिन पुगेको थियो। खेलाडीको तयारी पनि अन्योल परे। अब नजिकिँदै गरेको क्यालेन्डरमा एसियन गेम्स रहेको छ। हान्जाउमा हुने उक्त खेलका लागि अन्य देशका खेलाडीले तयार थालेका छन्। कोभिडले गर्दा नेपाली खेलाडीको स्तर खस्किएको भन्दै डबल मिहिनेत गर्नु पर्ने भएकाले तयारी अविलम्ब सुरु गर्नु पर्ने दीपक विष्टले बताए।
विभिन्न संघका पदाधिकारीले राखेको मागलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले सबै संघका पदाधिकारीलाई एसियन गेम्सको तयारी थाल्न आग्रह गरे। मन्त्री गहतराजले १०-८ महिनाको समय तयारीका लागि पर्याप्त समय भएको भन्दै अभ्यास तत्कालै थाल्न विभिन्न संघका पदाधिकारीले स्वागत कार्यक्रममा अग्रह गरेका हुन् ।
यस्तै स्वागत कार्यक्रमको आयोजक नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले नेपाली खेलाडीले अभ्यास गर्ने उचित वातावरण पाएको खण्डमा राम्रो नतिजा ल्याउनेमा आफू आशावादी रहेको बताए। नयाँ ऐन र परिवेशलाई समन्वय गदै बजेट बिनियोजन खेलाडीको पक्षमा भएको अवस्थामा नेपाली खेलकुदको विकास हुने नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बताए।