युवा तथा खेलकुद मन्त्रालयबाट गठित विवाद समस्या समाधान तथा सहजिकरण समितिले एउटै प्रकृतिका संघहरुलाई एउटै संस्था बनाएर खेलकुदको विकासमा भूमिका निर्वाह गर्न निर्देशन दिने भएको छ।
राष्ट्रिय खेलकुद परिषद्(राखेप) का उपाध्यक्ष शीव कोइराला संयोजक रहेको समितिको मंसिर २५ गते बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो।
राखेपमा दर्ता भएका कतिपय संघहरु एउटै प्रकृतिका छन् खेलाइने नियम पनि एउटै छ।
समितिले अन्तरिक विबादमा रहेका संघलाई पनि यथासिध्र विवाद सामाधान गरि खेलकुद विकास ऐन २०७७ तथा सम्बन्धित संघको ऐन अनुसार कार्यान्वयनमा आउन निर्देशन गर्नेछ।
संयोजक कोइरालाको अध्यक्षतामा बसेको बैठकले समितिको कार्यसंचालन विधि तयार गर्ने निर्णय गरेको छ।
संघहरुमा बेला बखत देखिने नीतिगत ब्यवस्थापकीय तथा अन्य समस्याहरुलाई दीर्धकालीन रुपमा सामाधान गर्न रणनीति तयार गर्ने निर्णय गरेको छ।
युवा तथा खेलकुद मन्त्री स्तरिय निर्णय अनुसार मंसिर २२ गते गठित समितिमा संयोजक कोइराला लगायत ७ सदस्य टिममा सदस्यहरुमा युवा तथा खेलकुद मन्त्रालय, खेलकुद महा शाखा, राखेप सदस्यत्रेय,गोबिन्द भट्टराई, पुरेन्द्रबिक्रम लाखे, नन्दा बस्याल, राखेप कानुन शाखा प्रमुख नारायणराज अर्याल र सचिवमा राखेप संघसंस्था प्रमुख इन्द्रवहादुर कार्की रहेका छन्।