राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोभिड १९ राहत कोषमा ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको छ।
राखेपका पदाधिकारी र कर्मचारीको चैत महिनाको केहि प्रतिशत तलब कट्टा गरी उक्त रकम कोषमा जम्मा गरिएको राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख एवं प्रवक्ता कुलबहादुर थापाले जनाएका छन्।
नेपाल सरकारको निर्णयानुसार राहत कोषमा रकम जम्मा गरिएको थापाले जानकारी गराए।
कोरोना भाइरसका कारण खेलकुद परिषद्ले गत महिना देखि नै सबै खेलकुद गतिविधि स्थगित गर्न निर्देशन दिएको थियो।
जसका कारण विगत एक महिनादेखि नेपालमा सबै खेलकुद गतिविधि ठप्प छन्।