विश्वव्यापी महामारीको रूपमा देखा परेको कोरानाभाइरस कोभिड–१९ संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण घरमै बसेका खेलाडी, प्रशिक्षक, कर्मचारी र खेलकुद संघसंस्थाका पदाधिकारीको अवस्थाको विषयमा राष्ट्रिय खेलकुद परिषद्ले चासो देखाएको छ।
परिषद्का प्रशासन बिभागका प्रमुख कुलबहादुर थापाले लकडाउन भएको ११औं दिनमा आफ्ना मतहतका संघसंस्था तथा सम्पूर्ण कर्मचारीको हालको अवस्था के कस्तो छ? बुझि विवरण पेश गर्न तथा कुनै कठिनाई परेको खण्डमा सहयोग गर्न अपिल गरेका छन्।
साथै परिषद्बाट केही गर्नुपरेमा यथासिध्र जानकारी गराउन सबैका लागि अपिल गरिएको छ। परिषद्ले लकडाउनको अवस्थामा धैर्य, संमियमित भई संभव भइ आफ्ना भौतिक पूर्वाधारमा बन्े आइसोलेसन कक्षमा पुर्णरुपले सहयोग गर्नुहुन सबैमा अपिल गरेको छ।
यसअघि परिषदले लडडाउन अघि नै नेपालमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद गतिविधि बन्द गर्ने निर्णय गरेको थियो।