नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का पदक विजेतालाई पुरस्कार नदिएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
मंगलबार राष्ट्रियसभा बैठकको शून्य समयमा उनले अहिलेसम्म खेलाडीलाई पुरस्कार दिन नसकेकोमा सरकारको ध्यानाकर्षण गराए।
'प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार खेलाडीले कहिले पुरस्कार पाउँछन्र?', उनले प्रश्न गरे।
यसअघि गत फागुनको साता मन्त्रिपरिषद्ले खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि संशोधनलाई स्वीकृत गरेपछि खेलाडीका लागि पुरस्कार दिने बाटो खुलेको थियो।
कार्यविधिमा सागमा स्वर्ण विजेताका लागि ९ लाख, रजतलाई ६ लाख र कास्यलाई ३ लाख दिने व्यवस्था। एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीका लागि एक स्वर्णको ११ लाख दिने गरि कार्यविधिमा संशोधन गरिएको छ।
नयाँ कार्यविधिमा टिममा स्वर्ण विजेतालाई जनही ५ लाख, रजत विजेतालाई ३ लाख र कास्यका लागि २ लाख पुरस्कार दिने उल्लेख छ।
मंसिर तेस्रो साता सकिएको सागमा आयोजक नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी जम्मा २०६ पदक जितेको थियो।
संशोधिन कार्यविधि मन्त्रिपरिषद्ले स्वीकृतपछि पुरस्कार दिने प्रक्रिया अघि बढाइने भए पनि अहिलेसम्म खेलाडीले पुरस्कार पाएका छैनन्।