राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना र नेपाल ओलम्पिक कमिटिका सदस्य तेज गुरुङ सोमवार दिल्ली प्रस्थान गरेका छन्।
तिम्सिना दशरथ रंगशालाको भिआइपी प्याराफिटलाई चाहिने डण्डी हेर्न भारत गएका हुन्। साथै उनले बन्दै गरेको सामग्रीको गुणस्तरको पनि निरिक्षण गर्नेछन्।
'राष्ट्रिय खेलकुद परिषद् १३ औं दक्षिण एशियाली खेलकुद (साग) को तयारीको चटारोमा छ। निर्माण ब्यावसायी कम्पनीहरुले बोलपत्रबाट सम्झौता गरेर भिआईपी प्याराफिटको काम गर्दै छन्। हामी बन्दै गरेको सामाग्रीको गुणस्तर, तोकिएको सामाग्रीको अवस्था र निरक्षणलगायतका विषयमा बुझ्न हामी जान लागेका हौं,’ उपाध्यक्ष तिम्सिनाले भने।
सामाग्रीको अवस्था बुझ्न दिल्लीलगायत बैंगलुरु र लखनउ पनि जाने कार्यक्रम रहेको जानकारी गराउदै उपाध्यक्ष तिम्सिनाले काम सम्पन्न भएका सामाग्रीको तत्काल डेलिभरीका सम्बन्धमा पनि कुरा गर्ने बताए।
सदस्य गुरुङले ओलम्पिकले बिग्रिएको सम्वन्धलाई खेलको माध्यामबाट समुधार बनाउने बताउदै खेल पदाधिकारी, भारतीय ओलम्पिक कमिटिलाई हामी तयारीमा छौं भन्ने सन्देश दिने छौं। नेपाल ह्यान्डबल संघका अध्यक्ष समेत रहेका गुरुङले नेपाली ह्यान्डबल खेलाडीलाई भारतमा सागको प्रशिक्षणको व्यवस्थाका लागि समेत कुराकानी अगाडि बढाउने बताए।