राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव रमेशकुमार सिलवालले आफूलाई अहिले नै सम्मान नगर्न आग्रह गरेका छन्। नेपाल उमा कुङफु संघ र नेपाल टग अफ वार संघले संयुक्त रुपमा शनिबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सो कुरा बताएका हुन्।
‘म नियुक्त भएको बर्खर १८ दिन जति भयो । अहिले नै मैले सम्मान गर्न लायक कुनै काम गरेको छैन। सदस्य–सचिवमा नियुक्त भएकै कारण सम्मान गरि हाल्नु पर्दैन ।’ सदस्य–सचिव सिलवालले भने ‘मेरो कार्याकाल चार वर्षको हो । यो अवधिमा म सम्मान गर्न लायक काम गरे भने सम्मान गर्नुस। काम गर्न सकिन भने लायकको अगाडि ना थपिदए हुन्छ । बधाइ तथा शुभकामना कार्यक्रम हो भने ठीकै छ। यसलाई म स्वीकार गर्छु।’
सदस्य–सचिव सिलवालले विद्यालय तहबाटै प्रतिभावन खेलाडीको पहिचान गर्न सकिने भएकाले शिक्षा र खेलकुदलाई संगैसंगै लानु पर्नेमा जोड दिदै नेताहरुलाई कुनै कुनै प्रकारले खेलकुदमा संलग्न गराउन आफूले योजना बनाइ रहेको बताए।
सदस्यसचिवले सम्मान नगर्न आग्रह गरि पनि विभिन्न खेल संंघले दिनहुँजसो सम्मान कार्यक्रम आयोजना गरिहरेका छन्।