राष्ट्रिय खेलकुद परिषद्का विभागीय प्रमुखहरु आगामी मंसिरमा नेपालमा हुने तय दक्षिण एसियाली खेलकुद (साग) समयमै हुन्छ भन्नेमा विश्वस्त थिएनन्।
बेलुका बसेर एकदिन काम गरेपछि अब हुन्छ की जस्तो लागेको छ भन्नुभयो। अहिले सोध्नुहोस्, अब हुन्छ भन्नुहुन्छ।
मन्त्री र सचिव पनि विश्वस्त हुनु भएको थिएन। आज सोध्नुहोस् अब हुन्छ की भन्नुहुन्छ।
पोखराका साथीहरुलाई पनि विश्वास थिएन।
पोखरामा साग हुँदैछ भनेर मुख्यमन्त्रीलाई समेत औपचारिक जानकारी दिइएको रहेनछ।
मैले भेटेँपछि साग हुँदैछ भनेर औपचारिक जानकारी दिने तपाई पहिलो हो भन्नुभयो।
मैले उहाँलाई अरुको जिम्मा लिन्न भने।
पोखराका सामाजिक विकास मन्त्री र मेयरलाई पनि भेटेँ। खेलाडी, प्रशिक्षक र संघका व्यक्तिसँग अन्तरक्रिया गरेँ।
दुई पटक भ्रमण गरेर पत्रकार र प्रशिक्षकलाई देखेको कुरा भन्न आग्रह गरे। प्रवाधिकहरुलाई पनि सोधे। त्यसपछि मैले एउटा सोलुसन निकाले।
सागका आयोजनाका निम्ति क्यालेन्डर बनाएर गर्न लागि परेको छु।
सबैले तैले गर्छस् भन्ने विश्वास के छ? भनेर प्रश्न गर्छन्।
मैले अनुरोध छु। बहाली भएको दिनको कुरा टिप्नुहोस्। एक महिनापछि फेरि खिच्नुहोस्। अनि सय दिनपछि पनि खिच्नुहोस्। खिँचेपछि मैले प्रतिबद्धता जनाएका कतिवटा काम पूरा गरेर तपाईँहरु आफै चिनो लगाउँदै जानुहोस् भनेको छु।
रंगशाला भनेको आजको भोलि बन्दैन। कागजमा बन्छ होला फिल्डमा संसारको कतै बन्दैन।
एक–एक ठाँउ गरेर अध्ययन गरिरहेको छु। केहि टुंगिने प्रक्रियामा छन्। केहि हस्तान्तरण गर्ने प्रक्रियामा छन्। सबै चिँजको फलोअप गरिरहेको छु।
हामीले एउटा सन्देश दिनुपर्छ– साग हुन्छ, साग गर्नैपर्छ।
सबैलाई फिल्डमा यो–यो लिएर आउनुहोस भनेको छु। यति गतेसम्म 'यो काम' गर्ने भनेर भनेको छु। प्रतिबद्धता पत्र लिएर काम गर्न सुरु गरेको छु।
यो भन्दाअघि कुनै कार्य तालिका बनाएर काम गर्ने गरेको रहेनछ। यति गतेभित्र यो भ्याउँछु अनि अर्को काम गर्छु भन्ने प्रणाली रहेनछ। भ्याइएन भने के गर्ने भन्ने पनि छैन।
कर्मचारी प्रशासन पनि कुनै प्रणालीभित्र रहेनछ। फाइल गोजीमा बोक्ने अनि निवेदन दिने।
अब त्यो तरिकाले हुँदैछ। कर्मचारीले गरेको कुरा रेकर्डेड हुनुपर्छ। हरायो भने त्यो शाखाका कर्माचारीलाई कारबाही गर्छु।
मेरो टेबलमा अध्ययन गर्ने फाइनलबाहेक रहदैन। फास्ट ट्र्याकमा काम गर्छु। नत्र फाइल फाल्दिन्छु।
कतिसम्म ठगी छ भने, एउटा मानिससँग आयो। काम गर्नुभयो भनेर सोधे। उहाँले गरेँ भन्नुभयो। कस्तो गर्नुभयो भन्दा भब्य भयो भन्नुभयो। मैले फोटो राखेर ल्याउनुहोस् भनेँ। तर उहाँले २०७४ को फोटो ल्याउनु भयो। मैले भने– बदमासी गर्ने।
मिति २०७५ सालको छ तर फोटो २०७४ सालको राखेपछि मैले फेरि भने– तपाईंले गरेकै छैन। उनले भने– अँ गरेको छैन दाइ। उसो भए किन गरेको भनेर सोधेँ। पैसा निकासा गर्दिनु अर्को वर्ष गर्छु भन्छ।
हुँदै नभएको गर्दै नगरेको कुरालाई गरेँ भन्ने! त्यस्ता ४७ वटा फाइल फाल्दिए।
पूर्वसदस्यसचिवले स्वीकार गर्नुभयो भन्छन्। उसो भए पूर्वलाई किन दिनु भएन त।
काम एउटा प्रणालीमा हुनुपर्छ।
खेलाडीले यो शीर्षकमा कार्यक्रम गर्नुपर्यो भन्नुहोस्। दिन्छौं। तर कार्यक्रम नै नगरी पैसा खान खोज्नुभयो भने त राम्रो भएन।
यहाँ बेथितीको हद रहेछ।
पहिलो दिन आए। भोलिपल्ट सार्वजनिक लेखा समितिमा ३ घण्टा बयानका लागि जानुपर्यो। मैले प्रस्ट भनिदिए। म 'लिगेसी'को हिसाबले बयान दिन आएको हुँ। तपाईँले उठाएको कुरामा मेरो हात छैन भनिदिए।
एक अर्ब ३५ करोड बेरुजु भएको संस्थामा मान्छेको इज्जछ बढ्छ?
त्यसैले मैले आन्तरिक लेखा परीक्षण गर्छु भनेको छु। अर्कोपटक सबै म लेखा परीक्षण गर्न दिन्छु र तपाईहलाई पेश गर्छु भनेर बयान दिए। हिजोको कुरा मैले जिम्मेवारी लिनुपर्छ। तर कमीकमजोरी र बदमासीमा मेरो कुनै हात छैन। किनकी हिजो मात्र नियुक्त भएर आज बिहान मात्र तपाईँहरुकोमा बयान दिन आएको छु भेनर बयाद दिएँ।
मेरो ध्यान पूर्वाधार, खेलाडीहरुको जीवनस्तर उकास्ने, प्रशिक्षकको जीवनस्तर उकास्ने, पुराना मान्छेलाई सम्मान दिनेमा छ।
आज एक हजार जनाको दरबन्दी फाइनल गर्दैछु। मैले २०६१ सालदेखि नभएको कुरालाई गर्दैछु। त्यसको विज्ञापन गरेर स्थायी गर्ने प्रकिया अघि बढाउँदैछु। अनि एउटा समस्याको हल हुन्छ।
अहिले १९७ जनाको असार मसान्तमा करार समाप्त भएको छ। उहाँहरुसँग छलफल गरेपछि मात्र करार थप गर्ने कि नगर्ने निर्णय गर्छु।
अहिलेसम्म के गर्नु भयो? अब के गर्नु हुन्छ? भनेर सोध्छु। उहाँहरुको प्रतिबद्धता लिएर मात्र अघि बढ्छु। बाहिर ताली पिटेर अरुलाई गाली गरेर बस्नेलाई करार थप्दिन। जो–कोहि होस्, मेरो कुनै आग्रह र पूर्वाग्रह छैन।
के काम गर्छु भन्ने कुरा त चाहियो। उनीहरुलाई टिओआर नदिएको भए दिनुपर्यो। कुचीकार छ भने सफाइ गर्नुपर्यो। घण्टा तोक्नु पर्यो।
प्रशिक्षक हुनुहुन्छ भने प्रशिक्षण त गर्नुपर्यो। एक वर्षमा १० जना खेलाडी पनि उत्पादन गरेको छैन। हिड्न सक्दैन। भुँडी लागेको छ। के प्रशिक्षण गराउँछ?
विशेषज्ञ सेवाबाहेक मेरो एक जना मान्छे राख्दिन। म अरुको दबाबले जागिर खाइदिन्न।
यसपटक गरेपछि अब म करारमा प्रशिक्षक नियुक्त गर्दिन। प्रशिक्षकलाई स्थायीको निम्ति दाबी नगर्ने शर्तमा राख्छु। किनभने प्रशिक्षक भनेको प्रदर्शनको आधरामा राख्नुपर्छ। नतिजा दिनेलाई पुरस्कृत गर्छु। नतिजा नदिने प्रशिक्षकलाई बिदा गरिदिन्छु। अर्को नतिजा दिने प्रशिक्षकलाई राख्छु।
कसले नतिजा दिन्छ तपाईंहरुले (खेलाडीहरु) ले भनिदिनु पर्यो। प्रमुख प्रशिक्षक कसलाई बनाउने विषयमा म हस्तक्षेप गर्दिन।
नतिजामुखी प्रशिक्षक हामीलाई चाहियो। सिनियर मात्र भएर हुँदैन। सिनियरको सम्मान गर्नु पर्छ। नतिजा नदिने सिनियर भन्दा नतिजा दिने जुनियर प्रशिक्षक राम्रो हुन्छ।
पुरस्कारको हकमा स्वर्णलाई मात्र दिएर हुँदैन। मैले रजत र कास्यका लागि के व्यवस्था छ भनेर सोधे। सर घोषणा स्वर्णलाई मात्रै भएको छ– उत्तर आयो।
विदेश जानका लागि एउटा संघले अस्ति मलाई चिठ्ठी पठायो। मलाई एक जना मान्छे शंका लाग्यो। मैले त्यो मान्छे खेलाडी हो कि होइन भनेर सोधे। भोलिपल्ट त्यो संघको अध्यक्ष आउनु भयो। भन्नुभयो– हजुर यो भुलबस परेछ।
नाम भुलबस पर्छ! त्यति लाटो छु म?
अब खेलकुदमार्फत 'म्यानपावर सप्लाइ' गर्ने काम हुँदैछ।
सहि खेलाडी, प्रशिक्षक र अफिसियलले मौका पाउनुपर्छ। देखावाटी खेलाडी, प्रशिक्षक अब काम छैन।
हिजोको एउटा घटना भन्छु। विदेश जाने सूचीमा खेलाडी एक जना छ, प्रशिक्षक एक जना छ। तर अफिसियल दुई जना। किन चाहियो? बरु खेलाडी २ जना पठाइदिए भयो नी।
मैले उहाँलाई भनेँ– तपाईंको सिफारिस गर्दिन। प्रतिबद्ध आयो– हामी अध्यक्ष र महासचिव हौ, आफ्नै खर्चमा जाने स्वीकृती दिनुहोस् भने। आफै खर्चमा जाने स्वीकृती दिए।
हिजो एकजना आउनु भयो। भन्नु भयो– उहाँ हाम्रो सहयोगीको किन हस्ताक्षर गरिदिनु भएन।
मलाई थाहा छ त्यो सहयोगी होइन। लुट्ने मान्छे हो। सहयोगी किन चाहियो विदेश जान।
जसले गर्दा खेलकुद क्षेत्र बदनाम हुने खतरा छ। सम्मान हुने वातावरण बनाउ।
(नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले बिहीबार आयोजना गरेको स्वागत कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले दिएको मन्तव्यको सम्पादित अंश)