तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगितका लागि काठमाडौं रेजर्स फुटबल क्लबले सेनेगलका दुई खेलाडी भित्र्याएको छ।
काठमाडौंले डिफेन्डर बाकरी माने र विंगर अमादोउ डिओपलाई टोलीमा भित्र्याएको हो।
यससँगै काठमाडौंमा सेनेगलका तीन खेलाडी भित्रिएका छन्। यसअघि काठमाडौंले सेनेगलका गोलकिपर चेइख गुएयसँग सम्झौता गरेको थियो।
काठमाडौंमा सेनेगलका तीन खेलाडीसहित सियरा लियोनका फरवार्ड मोहम्मद बुया तुरे पनि आबद्ध छन्।
काठमाडौंको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे विल्डे छन्। उनी युइएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन्।
यो सिजनको एनएसएल २९ मार्चबाट दशरथ रंगशालामा सुरु हुँदैछ। प्रतियोगितामा सात टोलीले भाग लिँदैछन्।