म्यानचेस्टर युनाइटेड ब्राइटनसँग पराजित भएको छ।
इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा युनाइटेड ब्राइटनसँग घरमै ३-१ गोलले पराजित भएको हो।
वर्ल्ड ट्राफोर्डमा खेलको पाँचौं मिनेटमै यान्कुबा मिन्तेहले युनाइटेडविरूद्ध गोल गरे। २३ मिनेटमा पेनाल्टीमार्फत ब्रूनो फर्नान्डिजले बराबरी गोल फर्काएका थिए।
६० मिनेटमा काउरू मिटोमाले गोल गरी ब्राइटनलाई अग्रता दिलाएका थिए। ७६ मिनेटमा पुनः ब्राइटनकै जर्जिनिओ रूटरले गरेको गोल निर्णायक बनेपछि युनाइटेड घरमै स्तब्ध भएको हो।
जितसँगै ब्राइटन ३४ अंक बनाएर तालिकाको नवौं स्थानमा उक्लिएको छ। म्यानचेस्टर युनाइटेड २६ अंकका साथ १३ औं स्थानमा छ।
गएराति नै भएको खेलमा नटिंघम फरेस्टले साउथह्याम्प्टनलाई पराजित गर्दा टोटनहम एभरटनसँग पराजित भएको थियो।