इंग्लिस प्रिमियर लिग अंक तालिकाको दोस्रो स्थानमा रहेको चेल्सी पराजित भएको छ।
गएराति स्टामफोर्ड ब्रिजमा चेल्सी फुलहमसँग १-२ गोलले पराजित भएको हो।
घरेलु मैदानमा १६ मिनेटमै कोल पाल्मरको गोलबाट चेल्सीले अग्रता लिएको थियो।
फुलहमका ह्यारी विल्सनले ८२ मिनेटमा बराबरी गोल फर्काएका थिए। निर्धारित ९० मिनेटको खेलपछिको अतिरिक्त समयको पाँचौं मिनेटमा फुलहमका रोद्रिगो म्युनिजले गोल गरेपछि चेल्सी घरमै स्तब्ध भएको हो।
शीर्ष स्थानको लिभरपुललाई पछ्याइरहेको चेल्सीलाई गएरातिको हारले धक्का पुगेको छ। लिभपुरलले लेस्ट सिटीलाई हराएर अंक तालिकामा दोस्रो स्थानको चेल्सीसँग ७ अंकको अग्रता बनाएको छ।
चेल्सीले१८ खेलबाट ३५ अंक जोडेको छ।
गएराति नै भएको खेलमा म्यानचेस्टर सिटीले एभर्टनसँग १-१ को बराबरी खेल्दा न्यूकासलले एस्टन भिल्लालाई ३-० गोलले पराजित गर्यो। बर्नेमाउथ र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेल्दा नटिंघम फरेस्टले टोटनहमलाई १-० गोलले पराजित गर्यो।
त्यस्तै साउथह्याम्टन वेस्ट ह्यामसँग ०-१ गोलले पराजित हुँदा वूल्भ्ससँग म्यानचेस्टर युनाइटेड ०-२ गोलले पराजित भएको थियो।