नेपालले भुटानका दुई फरक उमेरसमूहका महिला टोलीसँगको मैत्रीपूर्ण फुटबलमा खराब प्रदर्शन गरेको छ।
घरेलु मैदानमा सम्पन्न भूटानको यू–१६ र यु–१९ महिला टोलीसँग नेपालले समान एक मैत्रीपूर्ण खेल खेले पनि जित निकाल्न भने सकेन।
एक समय भसटानमाथि गोल वर्षा नै गर्ने नेपालको प्रदर्शन बिर्सनलायक नै रह्यो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार नेपाली यु–१९ महिला टोली भूटानसँग १–१ को बराबरीमा खुम्चियो। नेपालले बराबरीको नतिजा सामना गरे पनि भुटानी टोलीले सुन्दर फुटबल खेलेको थियो।
सटिक र सुन्दर पाससँगै फिटनेसमा पनि भूटानी टोली अब्बल रह्यो। यसैको मद्दतमा भुटानले पुनरागमन गर्दै बराबरीको नतिजा ल्याएको हो।
यससँगै नेपालले भुटानसँगको दुई मैत्रीपूर्ण खेलमा एक पनि निकाल्न सकेन।
गत शुक्रबार नेपालको यू–१६ महिला टोलीले ५–१ को लज्जास्पद हार व्यहोरेको थियो।
यू–१९ नेपाली टोलीले जित निकाल्ने अपेक्षा गरे पनि हुन सकेन। तर आइतबार शुरुवाती अग्रता जोगाउन नसक्दा नेपाली यु–१९ टोली भूटानसँग रोकिएको हो।
पाहुना टोलीले नेपालमाथि राम्रो फुटबल प्रदर्शन गरेको थियो। एकेडेमीका खेलाडी र लामो समयदेखि तयारी गरेको भुटानी टोलीको प्रदर्शनबाट स्पष्ट देखिन्थ्यो। नेपाली खेलाडी शारीरिक रूपमा फिट देखिएन ।
भुटानकी प्रशिक्षक टंकमाया घलेले लामो तयारी गरेअनुरूप नतिजा प्राप्त भएको उल्लेख गर्दै छिटै महिला साफ जित्ने विश्वास व्यक्त गरिन्।