अबको केहीबेरमा नेपाल र बंगलादेशबीचको खेल हुँदैछ।
साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न दर्शकहरूको बाक्लो उपस्थित छ।
काठमाडौंको दशरथ रंगशालामा आज साँझ साढे ६ बजेदेखि खेल हुँदैछ।
खेलबीच दर्शकले अवाञ्छनीय गतिविधि गर्नसक्ने भन्दै प्रहरीको बाक्लो उपस्थिति छ। प्रहरीले चेकिङमा कडाइ गरेको छ।
त्यस्तै दर्शकहरू पनि खेलाडीको हौसला बढाउन नेपालको झन्डा र जर्सी लगाएर रंगशाला पुगेका छन्।
तस्बिरहरू: