नेपाल र बंगलादेश महिला फुटबल टिमबीचको दोस्रो मैत्रीपूर्ण आज हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ बजे सुरू हुनेछ।
यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले २-१ को जित हात पारेको थियो।
उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो।
एसिन कप छनोटमा नेपाल समूह एफमा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ छन्।
नेपालले फिलिपिन्ससँग खेल्दै एसिन कप छनोटको सुरुवात गर्नेछ। नेपाल र फिलिपिन्सबीचको खेल आगामी असोज २ गते हुनेछ।
यस्तै नेपालले आफ्नो दोस्रो खेल असोज ५ गते हङकङसँग सामना गर्नेछ भने फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ।
समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।