'इटालीयन सिरि ए' मा युभेन्ट्स पराजित भएको छ। शनिबार राति भएको खेलमा युभेन्ट्सलाई नापोलीले २-१ गोलले पराजित गर्यो।
युभेन्ट्सका लागि मोराटाले गोल गरे पनि नापोलीका पोलिटियानो र काउलीबालीले गोल फर्काएका थिए।
सिजनमा तीन खेल खेल्दा युभेन्ट्स अझै जितविहीन छ। दुई खेलमा पराजित भएको उसले एक खेलमा बराबरी खेलेको छ।
यता लगातार तेस्रो जितसँगै नापोली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
उसले ३ खेलबाट ९ अंक बटुलेको छ।