आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय फुटबल टिम कतार प्रस्थान गरेको छ।
नेपाली टिम शुक्रबार विहान कतारतर्फ गएको हो। नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने गत सोमबार नै कतार गएका थिए।
यसअघि नेपालले गत साता भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेल १-१ गोलको बराबरीमा सकिदा दोस्रो खेलमा नेपाल २-१ ले पराजित भएको थियो।
कतारमा १७ दिन बसेपछि नेपाली टिम असोज ११ गते साफ च्याम्पियनसिप खेल्न उतैबाट माल्दिभ्स जानेछ।
तेह्रौं संस्करणको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) आगामी असोज १५ देखि २७ गतेसम्म माल्दिभ्समा हुने तय छ।
नेपाली टिम
किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अञ्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशीष लामा