प्रिति राईले नेपाली राष्ट्रिय टिमको डेब्यू खेलमा गोल गर्न सफल भएकी छिन्।
उनले दशरथ रंगशालामा जारी बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा गोल गरेकी हुन्। उनले खेलको २३ मिनेटमा उत्कृष्ट गोल गरेकी हुन्।
प्रितीसँगै डेब्यू गरेकी सविता रानाले पनि गोल गरेकी छिन्।
उनले खेलको १४ मिनेटमा हेडमार्फत गोल गरेकी हुन्। खेलमा नेपालले पहिलो हाफमा २-० गोलको अग्रता लिएको छ।
नेपाली टिम
गोलकिपर : एन्जिला सुब्बा
डिफेन्डर : हिरा भूजेल, गीता राना, पूजा राना, अमृता जेसी
मिफडिल्डर : रेनुका नगरकोटी (कप्तान), सरु लिम्बु, मन्जली योन्जन
फरवार्ड : प्रिति राई, सविता राना, विमला चौधरी
उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो।
एशियन कप छनोटमा नेपाल समूह एफमा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ छन्।
नेपालले फिलिपिन्ससँग खेल्दै एशियन कप छनोटको सुरुवात गर्नेछ। नेपाल र फिलिपिन्सबीचको खेल आगामी असोज २ गते हुनेछ।
यस्तै नेपालले आफ्नो दोस्रो खेल असोज ५ गते हङकङसँग सामना गर्नेछ भने फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एशियन कप खेल्नेछ ।