प्रिती राई र सविता रानाले नेपाली राष्ट्रिय टिममा डेब्यू गरेका छन्।
दशरथ रंगशालामा सुरू बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमा खेलेसँगै दुवैले राष्ट्रिय टिममा डेब्यू गरेका हुन्।
नेपाली टिम
गोलकिपर : एन्जिला सुब्बा
डिफेन्डर : हिरा भूजेल, गीता राना, पूजा राना, अमृता जेसी
मिफडिल्डर : रेनुका नगरकोटी (कप्तान), सरु लिम्बु, मन्जली योन्जन
फरवार्ड : प्रिति राई, सविता राना, विमला चौधरी
उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
एशियन कप छनोटमा नेपाल समूह एफमा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ छन्।
नेपालले फिलिपिन्ससँग खेल्दै एशियन कप छनोटको सुरुवात गर्नेछ। नेपाल र फिलिपिन्सबीचको खेल आगामी असोज २ गते हुनेछ।
यस्तै नेपालले आफ्नो दोस्रो खेल असोज ५ गते हङकङसँग सामना गर्नेछ भने फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एशियन कप खेल्नेछ ।