भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले तीन परिवर्तन गरेको छ। अघिल्लो खेल खेलेका अन्जन विष्ट, सुमन अर्याल र नवयुग श्रेष्ठ आजको खेलमा पहिलो रोजाइमा छैनन्।
सुजल श्रेष्ठ, मनिष डाँगी र आसिस लामाले पहिलो रोजाइमा स्थान पाएका छन्।
नेपाली टिम
गोलकिपर : किरणकुमार लिम्बु (कप्तान)
डिफेन्डर : गौतम श्रेष्ठ, अनन्त तामाङ, दीनेश राजवंशी, सुजल श्रेष्ठ
मिडफिल्डर : तेज तामाङ, पुजन उपरकोटी, सुमन लामा, मनिष डाँगी, आयुष घलान
फरवार्ड : आसिस लामा
नेपाल र भारतबीच आज साँझ दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५:३० बजे सुरू हुनेछ।
नेपाल र भारतले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन्।
यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो।
खेलमा नेपालले अग्रता लिए पनि भारतले बराबरी गोल फर्काएको थियो।
नेपालका लागि अञ्जन विष्टले गोल गर्दा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काएका थिए।