पूर्वराष्ट्रिय फुटबल खेलाडी सन्तोष साहुखलले क्यान्सरको उपचार गराइरहेका नवीन न्यौपानेका बुबाआमाको उपचारको लागि ५३ हजार रुपैयाँ सहयोग गरेका छन्।
थ्रीस्टार, एपीएफ, मनाङमस्र्याङदी र च्यासल क्लबबाट खेलेका सन्तोष सन् २०१५ यता जापानमै बसोबास गर्छन्। उनले पठाएको उक्त रकम उनका दाइ बालगोपाल साहुखलले बुधबार नवीनलाई हस्तान्तरण गरे।
त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षकको रुपमा कार्यरत नवीनले २०६८ सालमा मनाङमा सन्तोषसँगै खेलेका थिए। नवीनले २०६४–६५ मा एनआरटीबाट बालगोपालसँग पनि खेलेका थिए।
‘बाआमाको स्वस्थ्य अहिले राम्रो भइरहेको छ,’ नवीनले भने, ‘यसक्रममा धेरैले सहयोग गरेका छन् । यसले जिन्दगी नै फुटबलमा बिताएर राम्रै गरेछु भन्ने लागिरहेको छ। सन्तोषसहित सबैलाई धन्यवाद।’
सन्तोषले जापानको गैरसरकारी संस्था रियाले वल्र्ड एनपीओको लागि ‘रोल मोडल’ को रुपमा व्यावसायिक खेलाडी बन्न चाहने बालबालिकाहरूलाई फुटबल प्रशिक्ष्ँण दिनेस“गै गाइड पनि गरिरहेका छन्।
उनले स्वदेश फर्केर पछिल्ला दुई सिजन सहिद स्मारक ‘ए’ डिभिजन लिग च्यासल युवा क्लबबाट खेलेका थिए। त्यसक्रममा उनी ए डिभिजन लिगमा १०० गोल गर्ने पहिलो भए।