इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीले बराबरी खेल्दै अंक बाडेका छन्।
शनिबार राति भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो।
चेल्सीका हाभर्ट्जले २२ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाए।
पहिलो हाफको इन्जुरी टाइममा चेल्सीका डिफेन्डर जेम्सले रातो कार्ड पाउँदा चेल्सी १० खेलाडीमा सीमित बन्यो।
लगत्तै पाएको पेनाल्टीमा लिभरपुलका सलाहले बराबरी गोल गरे।
लिगमा तीन खेलमा ७ अंक जोड्दै चेल्सी दोस्रो स्थानमा छ भने समान खेलबाट समान अंक जोडेको लिभरपुल तेस्रो स्थानमा छ।
शीर्ष स्थानको वेस्ट ह्यामको पनि ७ अंक छ। चौथो स्थानको एभर्टनको ७ अंक र पाँचौ स्थानको म्यानचेस्टर सिटीको ६ अंक छ।