इंग्लिस क्लब म्यानचेस्टर सिटीका डिफेन्डर बेन्जामिन मेन्डीलाई बलात्कारको चार वटा अभियोग लगाइएको छ।
फ्रान्सको प्रान्तिय पुलिस फोर्स चेसायर कन्सटबुलरीले उनीमाथि बलात्कार र यौन दुर्व्यहारको अभियोग लागेको पुष्टि गरेको हो।
फोर्सले २७ वर्षीय मेन्डीमाथि १६ वर्षीय एक युवतीले अभियोग लगाएको जनाएको छ।
उनले अक्टोबर २०२० र अगस्ट २०२१ मा उक्त दुर्व्यहार गरेको उनको आरोप छ।
मेन्डीलाई प्रहरी हिरासतमा राखिएको छ र आज शुक्रबार अदालतमा हाजिर गराइनेछ।
अनुसन्धान जारी रहदासम्म सिटीले मेन्डीलाई निलम्बन गरेको छ।
उनी सन् २०१७ मा ५२ मिलियन डलरमा मोनाकोबाट सिटीमा आबद्ध भएका थिए। त्यतिबेला डिफेन्डरका लागि खर्च गरिएको यो सर्वाधिक मूल्य थियो।