एरिक म्याक्सिम चोपो मोटिङले एक्लै चार गोल गरेको खेलमा वायर्न म्युनिखले १२ गोल गरेको छ।
जर्मन कपको पहिलो राउन्डमा वार्यनले चौथो श्रेणीको क्लब ब्रेमर एसभीलाई १२-० गोलले पराजित गरेको हो।
यो वार्यनले सन् १९६५ पछि निकालेको दोस्रो ठूलो जित हो।
सन् १९९७ मा डिजेके वाल्डवर्डलाई १६-१ ले पराजित गरे यता भने वायर्नको यो ठूलो जित हो।
वार्यनका लागि मोटिङले चार गोल गर्दा मुसिएलाले दुई गोल थपे।
यस्तै टिलम्यान, लिरोए साने, माइकल कुइसेन, बोउना सार र लोलिसोले एक-एक गोल थपे।
एक गोल आत्मघाती भएको थियो। विपक्षी टिम ब्रेमरका नोबिलले ७६ मिनेटमा रातो कार्ड पाएका थिए।