डिफेन्डर रन्जित धिमालले यो सिजन पनि मच्छिन्द्र क्लबबाट खेल्ने भएका छन्।
उनले सम्झौता नवीकरण गरेको मच्छिन्द्रले मंगलबार जनाएको छ।
धिमाल दुई सिजनअघि मच्छिन्द्रमा आबद्ध भएका थिए। त्यतिबेलामा मच्छिन्द्रले सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो।
यो सिजन मच्छिन्द्रले गोलकिपर विशाल श्रेष्ठ, रेजिन सुब्बा, सुजल श्रेष्ठसँग सम्झौता नवीकरण गरिसकेको छ।
प्रशिक्षकमा प्रवेश कटुवालले पनि सम्झौता नवीकरण गरेका थिए।
यो सिजनको ए डिभिजन लिग कात्तिक अन्तिम सातादेखि गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
यसअघि असोजमा गर्ने भनिए पनि एन्फाले झन्डै दुई महिना लिग सारेको हो।