स्लोभााकियाको पोस्टमा पाँच गोल छिराउँदै स्पेन युरो २०२० को अन्तिम १६ मा प्रवेश गरेको छ।
समूह 'ई' का यसअघिका दुई खेलमा बराबरीमा रोकिएको स्पेनले अन्तिम तथा निर्णायक खेलमा जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो।
बुधबार स्पेनले दुई गोल आत्मघातीको रुपमा पाएको थियो। खेलको ३० मिनेटमा स्लोभाकियाका डुब्राभ्काले आफ्नै पोस्टमा बल छिराउँदा स्पेनले अग्रता लिएको थियो।
पहिलो हाफको इन्जुरी टाइममा स्पेनका लागि एमेरिक लापोर्टेले दोस्रो गोल गरेका थिए।
पाब्लो साराबियाले ५६ मिनेटमा स्पेनका लागि तेस्रो गोल गरे। फेरान टोरेशले ६७ मिनेटमा अर्को गोल गर्दा स्पेन ४-० ले अघि बढ्यो।
स्लोभाकियाका जुराज कुक्काले ७१ मिनेटमा आत्मघाती गोल गर्दा स्पेनको अग्रता ५-० मा पुग्यो।
त्यसअघि स्पेनका अल्भारो मोराटाको पेनाल्टीलाई स्लोभाकियाका गोलकिपरले विफल पारेका थिए।
स्पेन समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो। उसले समूहमा ५ अंक जोड्यो।
स्विडेन ७ अंक जोडेर समूह विजेता बन्यो। स्विडेनले अन्तिम खेलमा पोल्यान्डलाई ३-२ ले पराजित गर्यो।
यो समूहबाट तेस्रो बनेको स्लोभाकिया र चौथो बनेको पोल्यान्ड बाहिरिए।
