कोपा अमेरिकामा ब्राजिलले आफ्नो तेस्रो खेल कोलम्बियासँग प्रतिस्पर्धा गर्दैछ। खेल बिहीबार विहान ५:४५ बजे रियो दि जेनेरियोमा हुनेछ।
ब्राजिल समूह 'बी' मा लगातार दुई खेलमा जित निकालेर ६ अंक जोड्दै शीर्ष स्थानमा छ। ब्राजिलले पहिलो खेलमा भेनेजुएलालाई ३-० गोलले पराजित गरेको थियो।
दोस्रो खेलमा उत्कृष्ट लयमा देखिएको ब्राजिलले पेरुलाई ४-० गोलले पराजित गरेको थियो।
कोलम्बिया समूहमा तीन खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा छ।
पहिलो खेलमा इक्वेइडरलाई १-० गोलले पराजित गरेको कोलम्बियाले दोस्रो खेलमा भेनेजुएलासँग गोलरहित बराबरी खेलेको थियो। तेस्रो खेलमा कोलम्बियालाई पेरुले २-१ गोलले पराजित गरेको थियो।
ब्राजिल र कोलम्बियाबीचको खेलअघि २:४५ बजे इक्वेइडर र पेरुबीच खेल हुनेछ।
अंक तालिकाको तेस्रो स्थानमा रहेको पेरुले २ खेलबाट ३ अंक जोडेको छ भने पुछारको इक्वेइडरको समान खेलबाट १ अंक मात्र छ।