सुरुवाती दुई खेलमा पराजित भए पनि समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क युरो २०२० को अन्तिम १६ मा पुगेको छ।
डेनमार्कले मंगलबार विहान सकिएको समूह 'बी' को खेलमा रसियामाथि ४-१ को जित निकाल्यो।
घरेलु मैदानमा भएको खेलमा डेनमार्कका लागि डाम्सगार्डले ३८ मिनेटमा पहिलो गोल गरे।
पाउलसेनले ५९ मिनेटमा डेनमार्कका लागि दोस्रो गोल गरे। ७० मिनेटमा जुवाले रसियाका लागि पेनाल्टीबाट गोल फर्काए।
त्यसपछि डेनमार्कका लागि क्रिस्टियनसनले ७९ मिनेट र मइहले ८२ मिनेटमा गोल गरेका थिए।
जितसँगै डेनमार्कले ३ अंक जोड्दै दोस्रो भयो। समूहमा तेस्रो भएको फिनल्यान्ड र रसियाको पनि समान ३-३ अंक भए पनि डेनमार्क गोलअन्तरमा अघि रह्यो।
यता अन्तिम खेलमा फिनल्यान्डलाई २-० ले हराएको बेल्जियम सबै खेलमा जित निकाल्दै समूह विजेताको रुपमा अन्तिम १६ मा पुग्यो।
