वेस्टह्याममाथि सानदार जित निकाल्दै चेल्सी इंग्लिस प्रिमियर लिग फुटबल अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ।
गएराति भएको खेलमा चेल्सीले वेस्टह्याममाथि ३–० को शानदार जीत निकालेको हो ।
घरेलु मैदानमा चेल्सीलाई जीताउन ट्यामी अब्राहमले २ तथा र थिएगो सिल्भाले एक गोल गरे।
खेलको १० औं मिनेटमा नै सिल्भाले गोल गर्दै चेल्सीलाई सुरूवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अघि रहेको चेल्सीका लागि अब्राहमले ७८ र ८० औं मिनेटमा गोल गरेपछि ३–० को जीत निकाल्न सफल भयो ।
जितपछि १४ खेलबाट २५ अंक जोडेको चेल्सी लिगको पाँचौं स्थानमा उक्लिएको हो। वेष्ट ह्याम २१ अंकसहित दशौं स्थानमा छ ।