स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले स्पष्ट तीन अंकको अग्रता लिएको छ।
शनिबार राति इल्चेलाई ३-१ गोलले पराजित गर्दै एट्लेटिकोले तीन अंकको अग्रता लिएको हो।
खेलको ४१ मिनेटमा एट्लेटिकोका लगि लुइस सुआरेजले पहिलो गोल गरे। ५८ मिनेटमा उनले टिमको अग्रता दोब्बर पारे।
६४ मिनेटमा बोयेले इल्चेका लागि गोल गरे।
८० मिनेटमा डिएगो कोस्टाले पेनाल्टीमार्फत एट्लेटिकोका लागि तेस्रो गोल गरेका थिए।
लिगका अर्को खेलमा दोस्रो स्थानको रियल सोसिडाड लेभान्तेसँग २-१ ले पराजित भएको छ।
बार्सिलोना र भ्यालेन्सियाले २-२ गोलको बराबरी खेलेका छन्।
अंक तालिकामा एट्लेटिको १२ खेलबाट २९ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको सोसिडाडको १५ खेलबाट २६ अंक छ। रियल म्याड्रिड १३ खेलबाट २६ अंक जोड्दै तेस्रो स्थानमा छ।
चौथो स्थानको भिल्लारियलले १४ खेलबाट २५ अंक र पाँचौ स्थानको बार्सिलोनाले १३ खेलबाट २१ अंक बटुलेका छन्।