इटालियन सिरि ए च्याम्पियन युभेन्ट्सले पर्मामाथि ४-० गोलको सानदार जित हात पारेको छ।
शनिबार राति भएको खेलमा युभेन्ट्सका लागि कुलेसेभ्स्कीले २३ मिनेटमा पहिलो गोल गरे।
क्रिस्टियानो रोनाल्डोले २६ र ४८ मिनेटमा गरी दुई गोल गरे।
८५ मिनेटमा अल्भारो मोराटोले युभेन्ट्सका लागि चौथो गोल गरेका थिए।
रोनाल्डोले जारी सिजनमा १२ गोल गरिसकेका छन्। उनले एक पास गोलका लागि दिएका छन्।
उनले टिमले खेलेका १३ मध्ये ९ खेल मात्र खेलका छन्।
जितसँगै अंक तालिकाको तेस्रो स्थानमा रहेको युभेन्ट्सले १३ खेलबाट २७ अंक जोडेको छ। दोस्रो स्थानको इन्टर मिलानको १२ खेलबाट समान २७ अंक नै छ।
१२ खेलबाट २८ अंक जोडेको शीर्ष स्थानको एसी मिलानको २८ अंक छ।