साविकको विजेता लिभरपुलले प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ।
शनिबार राति क्रिस्टललाई उसकै घरेलु मैदानमा ७–० को फराकिलो अन्तरले हराउँदै लिभरपुलले सहज जित निकालेको हो।
लिभरपुललाई जिताउन रोवेर्टाे फिर्मिन्हो र मोहमद सालहाले दुई–दुई गोल गरे। त्यस्तै टाकुमी मिनामिनो, साडियो माने र जोर्डान होन्डरसनले एक–एक गोल गरे।
खेलको तेस्रो मिनेटमा नै मिनामिनोको गोलमा लिभरपुलले अग्रता बनाएको थियो। त्यस्तै ३५ औं मिनेटमा मानेले फर्मिनोको पासमा र ४४ औं मिनेटमा फर्मिनोले एन्ड्र्यु रोबर्टसनको पासमा गोल गरे। पहिलो हाफमै लिभरपुल ३-० गोल अन्तरले अघि रह्यो।
दोस्रो हाफमा हेन्डरसनले लिभरपुलका लागि अर्को गोल गरे। उनले खेलको ५२ औं मिनेटमा गोल गर्दा ६८ औं मिनेटमा फर्मिन्होले मोहम्मद सलाहको पासमा गोल गरे। त्यस्तै सलाहले ८१ औं र ८४ औं मिनेटमा गोल गर्दा लिभरपुलले प्यालेसमाथि ७-० को सानदार जित निकाल्यो।
जितसँगै लिभरपुलले यो सिजनमा पहिलो पटक ६ अंकको अग्रता बनाएको छ। शीर्ष स्थानमा रहेको लिभरपुलको १४ खेलबाट ३१ अंक छ । दोस्रो स्थानको टोटेनहमको २५ अंक रहेको छ । पराजित क्रिस्टल १८ अंक सहित तालिकाको १२ औं स्थानमा रहेको छ।