जर्मन क्लब वायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीले ‘द वेस्ट फिफा फुटबल अवार्ड’ जितेका छन्। लेवान्डोस्कीले फिफा अवार्ड जितेको यो पहिलो पटक हो।
लेवान्डोस्कीले विश्वभरबाट आएको भोटको आधारमा युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका फरवार्ड लिओनल मेसीलाई पछि पारेर अवार्ड हात पारेका हुन्।
विश्वभरबाट गरिएको भोटिङ चार तरिकाबाट भएको थियो। जसमा राष्ट्रिय टिमका कप्तान, राष्ट्रिय टिमका प्रशिक्षक, मिडिया र फ्यानले भोट गरेका थिए। चारै क्षेत्रको भोटलाई २५–२५ प्रतिशत हिस्सा दिइएको थियो।
नेपालबाट राष्ट्रिय टिमका कप्तानको रुपमा भरत खवास, प्रशिक्षकको रुपमा बालगोपाल महर्जनले भोट गरेका थिए।
सुरुवाती मनोनयनमा परेका मध्ये तीन जनालाई भोटिङ गर्न सक्ने प्रावधान थियो। जसमा पहिलो नम्बरमा भोट पाउनेले १३ अंक, दोस्रो नम्बरमा भोट पाउनेले ११ अंक र तेस्रो नम्बरमा भोट पाउनेले ९ अंक पाउने व्यवस्था थियो।
यहि आधारमा विश्वभरबाट भएको भोटिङमा लेवान्डोस्की उत्कृष्ट खेलाडी बनेका थिए।
भारत खवासको भोट
वर्ष खेलाडी
मोहमद सलाह
लिओनल मेसी
क्रिस्टियानो रोनाल्डो
वर्ष प्रशिक्षक
जुर्गेन क्लोप
जिनेदिन जिदान
हान्स फ्लिक
बालगोपाल महर्जनको भोट
वर्ष खेलाडी
मोहमद सलाह
रोबर्ट लेवान्डोस्की
केभिन डि ब्रुना
वर्ष प्रशिक्षक
जुर्गेन क्लोप
जिनेदिन जिदान
हान्स फ्लिक