स्पेनिस ला लिगामा रियल म्याड्रिडले जित हात पारेको छ। मंगलबार राति भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई ३-१ गोलले पराजित गर्यो।
पहिलो हाफको इन्जुरी टाइममा टोनी क्रुजको गोलबाट रियलले खेलमा अग्रता लिएको थियो।
त्यसअघि पहिलो हाफमा बिल्बाओ १० खेलाडीमा सीमित बनेको थियो। १३ मिनेटमा बिल्बाओका गार्सियाले दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाडेका थिए।
५२ मिनेटमा कापाले गोल गर्दा बिल्बाओले खेलमा बराबरी गर्न सफल भएको थियो।
तर त्यसपछि रियलका करिम बेन्जिमाले दुई गोल गरे। बेन्जिमाले ७४ मिनेटमा गोल गर्दा रियल २-१ ले अघि बढ्यो।
दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा बेन्जिमाले टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरेका थिए।
जितसँगै रियलले शीर्ष स्थानमा रहेको रियल सोसिडाडसँग अंक बराबरी गरेको छ। शीर्ष स्थानको सोसिडाडको १३ खेलबाट २६ अंक छ।
दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ११ खेलबाट २६ अंक छ भने रियलले पनि १३ खेलबाट २६ अंक नै जोडेको छ।